शेयर बजारमा ४० अंकको पहिरो, कारोबार रकम ५ अर्बमा सीमित

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ३ : २५


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पनि ठूलो गिरावट आएको छ।

नेप्से परिसुचक आज ४०.२६ अंकले घटेर २८८९.०३ को बिन्दुमा बजार बन्द भएको छ।

यस्तै ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.१६ अंकले घटेर ५३८.५० को बिन्दुमा रोकिएको छ।

यसदिन समग्र नेप्सेमा १३७ अंकको गिरावट आएको हो। आज नेप्सेमा दिनभर ५ अर्ब ३५ अर्ब बढीको कारोबार भयो।

यी हुन आज धेरै कमाउने र गुमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्