सेतीमा टिकटक बनाउँनेक्रममा यसरी बेपत्ता भइन् युवती (भिडियो)

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ३ : १२


काठमाडौं । टिकटक बनाउने क्रममा नवविवाहिता युवती सेती नदीमा खसेर बेपत्ता भएकी छन्।

मंगलबार दिउँसो तनहुँको शुक्लागण्डकी नगरपालिका-८ लालिमकी पवित्रा लम्साल सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउनेक्रममा बेपत्ता भएकी हुन।

५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन आइत आएकी थिइन्।

उनले टिकटक बनाउन नदी छेउमै गएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ।

नदीतर्फ जादै गर्दा लम्साललाई साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ।

टिकटक बनाउँने क्रममा ढुंगामा चिप्लेर नदीमा खसेर बेपत्ता रहेकी ती युवतीको प्रहरीले खोजी कार्य जारी राखेको छ।

तलको भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्