‘तालिबान फेरि उदाउनुमा पाकिस्तानको भूमिका’

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ३ : ०१


अमेरिकाको विपक्षी रिपब्लिकन पार्टीका सिनेटर मार्को रुबियोले अफगानिस्तानमा पाकिस्तानको भूमिका र त्यसले भारतलाई पर्ने असरबारे चिन्ता व्यक्त गरेका छन्।

रुबियोले अमेरिकी काँग्रेसको सुनुवाईको दौरान तालिबान फेरि उदाउनुमा पाकिस्तानको भूमिका रहेको आरोप लगाए।

उनले भनेका छन्,‘तालिबान फेरि आफ्नो खुट्टामा खडा हुनसक्नुको काराण पाकिस्तान हो र पाकिस्तानको भूमका नजरअन्दाज गर्नु अमेरिकाको गल्ती हो। यदी भारतको दृष्टिकोणबाट हेरियो भने अमेरिकाले पाकिस्तानलाई आफ्नो स्थिती मजबुत बनाउन छुट दिएको छ।’

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनको अगाडि रुबियोले तालिबान मजबुत बनाउन पाकिस्तानको भूमिकाले पाकिस्तानी सरकारमा तालिबान समर्थक चरमपन्थी रहेको पुष्टि भएको बताए।

क्वाडको बैठकको लागि आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा आउन लागेका बेला अमेरिकी सिनेटरले भारतको समर्थन गर्न अमेरिकी सरकारको ध्यानाकर्षण गराएका हुन्।

यसअघि विदेशमन्त्री ब्लिंकेनले मंगलबार मात्र पाकिस्तानले तालिबानलाई सुरुवातदेखि साथ दिएको आरोप लगाएका थिए। बीबीसी


प्रतिक्रिया दिनुहोस्