उज्वेकिस्तान पुग्यो महिला फुटबल टोली, क्वारेन्टिनमै विश्राम

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  २ : २२


काठमाडौं । एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तान पुगेको छ । गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो ।

तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षण गर्न स्वाबको नमूना सकंलन गरिएको छ । पीसीआरको रिपोर्ट नआएसम्म टोली होटल क्वारेन्टिनमा रहने छ । ‘खेलाडीहरुले लामो यात्रा तय गरेर आएका छन् । त्यसैले विश्राम जरुरी छ ।’ मुख्य प्रशिक्षक ग्यारी फिलिप्स भन्छन् ।

फिलिप्सले क्वारेन्टिन अवधिमा टोलीले पूर्णतया विश्राम लिने बताए । समूह एफमा रहेको नेपालले २ असोजमा फिलिपिन्स तथा ५ असोजमा हङकङको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्