दीपिका पादुकोण एसियाकै प्रभावशाली महिला

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १ : ०८


बलिउड अभिनेत्री दीपिका पादुकोण एसियाकै प्रभावशाली महिलाको पहिलो स्थानमा आउन सफल भएकी छिन्।

गाला बिंगो रिपोर्टनले सार्वजनिक गरेको एसियाकै सबैभन्दा प्रभावशाली महिलाको सूचीमा ‘टीभी तथा चलचित्र’ विधाको सबैभन्दा प्रभावशाली महिलामा दीपिको पहिलो नम्बरमा आउन सफल कएकी हुन्।

को कति प्रभावशाली भनेर अनुसन्धानकर्ताले सामाजिक संजालमा रहेका फलोअर्स, गुगल सर्च, संचार माध्यमले उल्लेख गर्ने नामहरुको अध्ययन गरिएको थियो। संगीत, टिभी, चलचित्र, राजनीतिक, व्यापारजस्ता विधाबाट प्रभावशाली व्यक्ति खोजिएको थियो।

जस अन्तर्गत टेलिभिजन र चलचित्र विधामा इन्स्टाग्राममा ६ करोड फलोअर्स भएकी दीपिका प्रभावशाली महिलाको सूचीको पहिलो नम्बरमा आएकी हुन्।

अध्ययनमा दीपिकाको सामाजिक संजालको सक्रियता, ट्विटको प्रभावबारे पनि अध्ययन गरिएको थियो। आउटलुक इन्डियाका अनुसार यो सूचीमा अमेरिकी गायिका एरियाना ग्रेन्ड, मोडल किम कार्डासियन अग्रपंक्तिमा छन्।


प्रतिक्रिया दिनुहोस्