पूर्वमुख्यमन्त्री पोखरेल विरुद्ध अपहरणको आरोपमा उजुरी

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १० : ३४


बुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल सहित ४ जनाविरुद्ध सांसद विमला कुमारी वलीले किटानी जाहेरी दिएकी छिन्।

लुम्बिनी प्रदेशकै सांसद रहेकी वलीले पूर्वमुख्यमन्त्री पोखरेल विरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी दिएकी हुन।

साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर आफूलाई बन्धक बनाएकोले कारवाही हुनुपर्ने माग विमलाले गरेकी छन।

उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्‍वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेकी छिन्।

वलीले यसअघि साउन २१ गते बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज उपचारको लागि जाने तयारी गरेको बेला साउन १५ गते नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर राउत लगायतले नेपालगञ्ज पुर्याइदिने भन्दै सिधै मुख्यमन्त्री कार्यालयमा पुर्याइ ५ दिनसम्म बन्धक बनाएको बताएकी थिइन्।

व्यवस्था मुलुकी अपराध संहिता २०७४ अनुसार अपहरण तथा शरीर बन्धकमा पीडितले ६ महिनासम्म जाहेरी दिन सक्छन्।

वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने छ।

 


प्रतिक्रिया दिनुहोस्