ललितपुरका विद्यालय असोज १ गतेबाट खुल्ने

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ८ : ३९


काठमाडौं । ललितपुर महानगरपालिका भित्रका विद्यालय असोज १ गतेदेखि सञ्चालन हुने भएको छ।

महानगरपालिकाले महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।

ललितपुर महानगरपालिकाले कोरोनाको प्रभाव कम हुँदै गएकाले विद्यालय खोल्न लागेको जनाएको छ।

विद्यालयलमा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरिनेपनि बताइएको छ।


प्रतिक्रिया दिनुहोस्