तालिबानी विदेशमन्त्री र पाकिस्तानी राजदूतबीच भेटवार्ता

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ८ : ०१


काठमाडौं । तालिबान सरकारका विदेशमन्त्री मौलवी अमिर खान मोत्तकीले अफगानिस्तानका लागि पाकिस्तानी राजदूतसँग भेटवार्ता गरेका छन्।

मोत्तकीले ट्विटरमार्फत यसको जानकारी दिएका हुन्।

भेटवार्तामा सिमानाकामा दुवै देशका नागरिकको आवागमनबारे छलफल भएको उनले बताएका छन।


प्रतिक्रिया दिनुहोस्