५३४ जना बन्दीको कैद मिनाह गर्न गृहको सिफारिस

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ७ : ५५


काठमाडौं । गृह मन्त्रालयले ५३४ जना कैदी बन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ।

गृह मन्त्रालयले आज ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक लिष्टमा नपरेका र असल चालचलन भएका ५३४ जनाको संविधान दिवसको अवसर पारेर कैद मिनाहका लागि सिफारिस गरेको हो।

त्यस्तै गृहले ७ जनालाई आम माफी दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्