एमसीसी सम्झौतामा एमालेको हात छैन : प्रवक्ता ज्ञवाली

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ७ : ०६


काठमाडौं । नेकपा (एमाले)का प्रवक्ता प्रदिप ज्ञवालीले अमेरिकी सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेसन (एसीसी)मा ओली सरकारको कुुनै हात नभएको बताएका छन।

एमाले सरकारको पालामा एमसीसी सम्झौता भएको भन्ने गलत भ्रम रहेको भन्दै त्यो कुरा गतल रहेको बताए।

नेकपा एमाले जिल्ला कमिटी कपिलवस्तुले सिद्धार्थ क्याम्पस बुङचीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले एमसीसी सम्झौता पास गर्ने रोलमा आफूहरु नभएको दोहोर्याउँदै अहिले यसबारे कुनै प्रतिक्रिया दिन जरुरी नभएको बताए।

उनले भने ‘तर अब सम्झौता पास गर्ने रोलमा आए गहिरो अध्ययन गरेर देश र जनताको हितमा काम गर्ने गरी निर्णय गर्नुपर्दछ।’

जनताको भावना हेरेर मात्र एमालेले एमसीसीको विषयमा निर्णय लिने उनको भनाई छ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले फरक प्रसंगमा देउवा सरकारले सुकुम्बासीको पेटमा लात हानेको आरोप लगाए।

बिहानीले दिनको संकेत गरे जस्तै देउवा नेतृत्वको सरकारले पनि सुकुम्बासीको छातिमा लात हानेर आफ्नो कामको सुरुवात गरेको बताए।

उनले सरकारको प्रमुख काम जनताका मौलिक हक प्रदान गरि जनताका आधारभूत आवश्यक्ता परिपुर्ति गर्ने भए पनि सुरुमै सुकुम्बासी आयोग खारेज गरेर जनताको पेटमा लात हानेको आरोप लगाए। देश र जनताका अत्यावश्यक समस्या समधान गर्नुको सट्टा बस्ने बास नै धरापमा पारिदिएको बताए।

ज्ञवालीले वर्तमान देउवा नेतृत्वको सरकारले सरकार गठनको महिनौ बित्दा समेत मन्त्रीपरिषद विस्तार गर्न नसकेको भन्दै यो सरकारले जनताको हितमा काम गर्छ भनेर बिश्वास नै गर्न नसकिने उल्लेख पनि गरे।

फरक प्रसङ्गमा बोल्दै ज्ञवालीले माओवादीका अध्यक्ष प्रचण्डतिर संकेत गर्दै पहिला भरतपुरमा मतपत्र च्यातेर छोरीलाइ जिताए पनि अब चुनाब जित्नको लागि एमालेले जस्तै जनताको भोट आवस्यक पर्ने बताए।

ज्ञवालीले माओवादी भन्दा एमाले पार्टी अझै पनि डबल भएको बताउदै काङ्रेसले आफुलाइ भेटाउन अझै ५० प्रतिशत संख्या बढाउनु पर्ने दाबी गरे।

उनले आफ्नो पार्टीमा अब्बल विद्यार्थी नेता र कार्यकर्ताको आबश्यकता परेको बताउदै टेबुल मुनिबाट चिया खर्च माग्ने ब्यक्ती एमाले हुनै नसक्ने दाबी गरे।


प्रतिक्रिया दिनुहोस्