हाल तालिबानले अफगानिस्तान कब्जा गरेपछि त्यहाँ धार्मिक कानुन लागू भएको अवस्था छ।
मुस्लिम शरिया कानुन लागू भएपछि त्यहाँ पुरुषहरुलाई दाह्री अनिवार्य पाल्न भनिएको छ भने महिलालाई शरीर पुरै ढाक्ने कपडासहित अनुहार छोप्ने बुर्का लगाउन भनिएको छ।
हालै शिक्षा सम्बन्धी नीति घोषणा गर्दै तालिबानले महिलाले बुर्का र शरीर ढाक्ने कपडा लगाएर मात्र विद्यालय अथवा विश्वविद्यालय जान पाउने बताएको थियो।
यसबीचमा अफगानिस्तानका महिलाले बुर्काविरुद्ध तालिबानी नियमको विरोध गर्दै #DoNotTouchMyClothes अनलाईन अभियान संचालन गरेका छन्।
अफगानिस्तानको साँस्कृतिक कपडा बुर्का नभएको उनीहरुको तर्क रहेको छ। उनीहरुले गुगलमा अफगान महिलाको साँस्कृतिक कपडा खोज्दा पनि बुर्का नभएर संगीविरंगी कपडा देखिने बताएका छन्।
यी अफगान महिलाहरुले विदेशबाट यस्तो अभियान चलाइरहेका हुन्। यदी यी महिला अफगानिस्तानमै भए उनीहरुलाई कडाभन्दा कडा सजाय हुने थियो। किनभने पछिल्लो समय जब महिलाहरु आफूलाई पनि मन्त्री बनाउनुपर्छ भन्दै सडकमा उत्रिएका थिए उनीहरुमाथि कुटपिट भएको थियो।
तालिबानका एक प्रवक्ताले त महिलाले बच्चा जन्माउने र बच्चालाई मुस्लिम धर्मका मान्यता सिकाउनुपर्ने बताएका थिए।
हाल #DoNotTouchMyClothes अनलाईन अभियानलाई संसारभरबाट समर्थन प्राप्त भएको छ। तर तालिबानकै शासनमा महिलाले यस्ता रंगीन कपडा लगाउन पाउँछन् भन्नेमा सन्देह छ।
Attan is #Afghanistan’s national dance performed in group circles.
I painted this Attan as this is how I remember Afghan women while growing up.
This is us, not being lashed or stoned. We will remain poets. We will remain artists. We will preserver.
#WorldArtDay2021 pic.twitter.com/l7VQCRiVIF— Malali Bashir (@MalaliBashir) April 15, 2021
This is our Afghan authentic dress. Afghan women wear such colorful and modest attires. The black burqa never has been part of the Afghan culture. #FreeAfghanistan🇦🇫 pic.twitter.com/v9LIbcvklG
— Spozhmay Maseed (@spozhmey) September 12, 2021