तालिबान सरकारको विदेशमन्त्री मौलवी अमिर खान मोत्तकीले अफगानिस्तानमा रहेका पाकिस्तानी र चिनियाँ राजदूतसँग भेटघाट गरेका छन्।
तालिबानले सत्ता कब्जा गरेदेखि नै चीन र पाकिस्तानले तालिबानसँग सौहार्दपूर्ण ढंगबाट संचार गरिरहेको छ। अमेरिका लगायत पश्चिमा राष्ट्रका दूतावास बन्द भएता पनि काबुलमा चिनियाँ र पाकिस्तानी दूतावास संचालनमै छन्।
मोत्तकीले ट्विटरमा पाकिस्तानी राजदूत मन्सुर अहमद खान र चिनियाँ राजदूत वांग यूसँग भेटघाट भएको बताएका छन्।
पाकिस्तानी राजदूत र विदेशमन्त्री मोत्तकीबीच दुई देशको सीमा नाकाको अवस्थाको बारेमा चर्चा भएको थियो। पाकिस्तान पक्षले अफगानिस्तानमा मानवीय सहायता प्रदानगर्ने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ।
चीनका राजदूतले पनि आर्थिक साथै मानवीय सहायता दिने वाचा गरेको बीबीसीले जनाएको छ।