डेलिभरीको दौरान बर्गर खाए श्रीमानले, बच्चा जन्मनासाथ महिलाले दिइन् डिभोर्स!

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ५ : ५३


अस्ट्रेलियाका एक पुरुषले आफ्नी श्रीमतीले बच्चा जन्माउने समय आएपछि उनलाई अस्पताल लगे। तर जब महिला प्रश्रब पीडामा थिइन् तब पुरुषले श्रीमतीको पीडा बिर्सेर बर्गर खान थाले।

पीडाको बेलामा श्रीमानले सामाजिक परिदृश्यलाई पनि मूल्यांकन गर्न नसकी जब बर्गर देखाउँदै खाए सो घटनाले दुर्घटना निम्तिएको छ।

बच्चा जन्मिना साथ महिलो यस्तो निर्णय लिइन् सो निर्णयले पुरुषलाई ठूलो झट्का लागेको छ। द मिररका अनुसार अस्ट्रेलियामा बच्चा जन्मिना साथ ती महिलाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छिन्।

प्रश्रब पीडाका बेला श्रीमतीलाई भुलेर खाने कुरालाई प्राथमिकता दिनसक्ने पुरुषसँग आफू बस्न नसक्ने भन्दै ती महिलाले सम्बन्धविच्छेद गर्ने निर्णय गरेको मिररले उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस्