भारतमा विवाह गरेकै दिन गरगहना लुटेर भागिन् बेहुली

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ५ : २३


भारतको उत्तर प्रदेशमा विवाह गरेकी दिन एक बेहुली गरगहना लुटेर फरार भएकी छिन्।

आजतकका अनुसार मैनपुरी जिल्लामा विवाह गरेर घर फर्किँदै गरेको समयमा बेहुली भागेकी हुन्। बेहुला र बेहुली विवाह गरिसकेपछि कारमा घर फर्किँदै थिए।

तर बिचबाटोमा आफूलाई तिर्खा लागेको बताउँदै बेहुलीले परौंखा क्षेत्रमा गाडी रोक्न लगाएर बेहुलालाई पानी लिन पठाएकी थिइन्।

जब बेहुला कारबाट बाहिर पानी खोज्न हिँडे सोही समयमा बेहुली कारमा भएको गरगहना सबै लुटेर भागिन्।

यो घटना गत अगष्ट १७ को हो। ल्वामीको सहयोगमा राजु नाम गरेका पुरुषले विवाहको लागि महिला भेटेका थिए।

यसअघि घर परिवारबारे पत्ता नभई विवाह गरेपछि राजुले पैसासँगै गरगहना गुमाउनु पर्यो।


प्रतिक्रिया दिनुहोस्