बजेट विधेयक पास नभएपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ५ : ०५


काठमाडौं । मन्त्रिपरिषदको बैठक बसिरहेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा मन्त्रिपरिषदको बैठक साढे चार बजेदेखि सुरु भएको हो।

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, मुख्य सचिव शंकरदास बैरागी लगायत ६ जनाको उपस्थिति छ।

केपी शर्मा ओली सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद स्थगित भएपछि मन्त्रिपरिषद् बैठक बसेको हो।


प्रतिक्रिया दिनुहोस्