कोरोनाको त्रासपछि आइसोलेसनमा रुसी राष्ट्रपति पुटिन

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ४ : ५१


आफ्ना निकटतम् सहयोगीलाई कोरोना भाइरसको संक्रमण भएपछि रुसी राष्ट्रपति भ्लादमिर पुटिन सेल्फ आइसोलेसनमा बसेका छन्।

उनी यतिबेला मानिसहरुभन्दा टाढा एक्लिएर आइसोलेसनमा बसेको एएफपीले जनाएको छ।

पुटिन यसैहप्ता केही महत्वपूर्ण वैठकका लागि ताजिकिस्तानको राजधानी दुशान्बे जाने तय भएको थियो। तर अब कोरोनाको त्रासपछि आइसोलेसन बसेका पुटिनको ताजिकिस्तान भ्रमण रद्द भएको छ।

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले एउटा सन्देश जारी गर्दै पुटिन आइसोलेसनमा रहेकाले तय भएका कार्यक्रमहरु तत्कालका लागि स्थगित भएको बताएको छ।


प्रतिक्रिया दिनुहोस्