केहि दिनमै मन्त्रिपरिषद् विस्तार हुन्छ : मन्त्री भुसाल

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ४ : ४३


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन।

नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा उनले लामो समयदेखि रोकिएको मन्त्रिपरिषद् विस्तारले अब पूर्णता पाउने बताएकी हुन।

मन्त्री भुसालले भनिन्, “दुई महिनादेखि मन्त्रिपरिषद् अपूर्ण छ, यही असोज ३० गते संसद्बाट बजेट पास भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ।”

उनले वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठन विस्तारमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरिन।

मन्त्री भुसालले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन लाग्नुपर्नेमा जोड दिइन्।

उनले वर्तमान निर्वाचन प्रणालीका कारण एउटै पार्टीको बहुमत नआउने स्थिति देखिएकाले चुनावमा अरु पार्टीसँग पनि गठबन्धन गरिने उल्लेख गरे।

“अरु पार्टीको भर पर्नुभन्दा पनि आफैँ सुदृढ भएर अगाडि बढ्नुपर्छ”, उनले भने, “माओवादीलाई ठूलो पार्टी बनाउन अहिलेदेखि नै लाग्नुपर्छ।” उनले सरकारका राम्रा कामको प्रचार जनतामाझ पु¥याउन आग्रह गरिन।


प्रतिक्रिया दिनुहोस्