माधव नेपालले वडा सदस्यमा समेत जित्दैनन्, प्रचण्ड धोकेबाज नेता: ओली

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ३ : १८


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकिकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपालले वडा सदस्यको पनि चुनाव नजित्ने टिप्पणी गरेका छन।

झापामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले फुटाएर जानेलाई जनताले भोट नहाल्ने समेत बताए।

आउँदो चुनावमा माधव नेपालले चुनाव नजित्ने उनको दाबी छ। उनले भने ‘माधव नेपालले त वडा अध्यक्ष त के वडा सदस्य पनि जित्दैनन्। माधव नेपाललाई जनताले किन भोट हाल्ने, एमाले फुटाएको भएर?’।

अध्यक्ष ओलीले माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छट्टु र धोकेबाज नेता भएको टिप्पणी गरे।

एकिकृत नेकपाबाट प्रचण्डले आफ्नो गुटका सदस्यलाई लगेको बताउँदै माओवादी केन्द्रका नेताहरु आफ्नो पार्टीमै रहेको दाबी गरे।


प्रतिक्रिया दिनुहोस्