युरोपियन च्याम्पियन्स लिग फुटबलका समूह चरणका खेलहरु आजबाट सुरुवात हुँदैछन्।
समूह चरणका खेलमध्ये आज जर्मन स्टार बायर्न म्युनिख र स्पेनिस स्टार बार्सिलोनाबीचको खेललाई निकै चासोका साथ हेरिएको छ। समूह ईमा रहेका यी दुईबीचको खेल नेपाली समयअनुसार आजराति १२ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ।
यस्तै क्रिस्टियानो रोनालडो आवद्ध क्लब म्यानचेस्टर युनाइटेडले पनि आज योङ ब्वाइजसँग भिड्दैछ।
सबै खेलको सूची
१. सेभिया र आरबी साल्जबर्गः राति १०ः ३० बजे
२. योङ ब्वाइज र म्यानचेस्टर युनाइटेडः राति १०ः ३० बजे
३. लिले र उल्फ्सबर्गः राति १२ः ४५ बजे
४. भिल्लारियल र एटलान्टाः राति १२ः ४५ बजे
५. चेल्सी र जेनिटः राति १२ः ४५ बजे
६. माल्मो र युभेन्टसः राति १२ः ४५ बजे
७. बार्सिलोना र बायर्नः राति १२ः ४५ बजे
८. डाइनामो किभ र बेनिफिकाः राति १२ः ४५ बजे