कमला घिमिरेको ‘तोरि खायो मौरीले’ गीतप्रति मौरी पालक संघको आपत्ति, गीत बन्द गर्न माग

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  २ : ५०


काठमाडौं । नेपाल मौरीपालक महासंघले कमला घिमिरेको नयाँ गीत ‘तोरि खायो मौरीले’ गीतप्रति आपत्ति जनाएको छ।

महासंघका अध्यक्ष शिवप्रसाद पौडेल (शर्मा)ले विज्ञप्ति जारी गर्दै सो गीतका शब्दले मौरीपालक किसानलाई दुखित तुल्याउनुका साथै अन्योल सिर्जना गरेको बताएका छन।

कमला घिमीरको स्वरमा रहेको सो गीत हालै सार्वजनिक भएको थियो।

मौरीले तोरीको परागशेचनमा सहयोग गर्नेमा झन् तोरी खायो भनेर गलत सन्देश दिएको विज्ञप्तिमा उल्लेख छ। महासंघले सो गीत बन्द गर्न माग गरेको छ।

यस्तो छ महासंघको विज्ञप्ति

के छ ‘तोरि खायो मौरीले’ गीतमा? तल हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्