यी भारतीय सांसदविरुद्ध बलात्कारको मुद्दा दर्ता

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  २ : ४१


भारतको लोक जनशक्ति पार्टी एलजेपीका एक सांसदविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको छ।

पीटीआईका अनुसार सांसद प्रिन्स राजविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको हो। प्रहरीका अनुसार एलजेपी पार्टीकै महिला कार्यकर्ताले सांसद प्रिन्सविरुद्ध मुद्दा दर्ता गरेकी हुन्।

बलात्कारपछि यो विषयमा कसैलाई नभन्न पनि सांसद प्रिन्सले धम्की दिएको ती महिलाले बताएको प्रहरीको भनाइ छ।

बिहार समस्तीपुरका लोकसभा सांसद प्रिन्स राजविरुद्धको मामिला अदालतमा पुगेको छ।


प्रतिक्रिया दिनुहोस्