बिष्णु माझीको ‘चरी जेलैमा’लाई २६ दिनमै २ करोड भ्युज

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  २ : ३४


काठमाडौं । चर्चित लोदोहारी गायिका बिष्णु माझीको तिज गीत ‘चरी लैजेमा’लाई २ करोड बढी भ्युज प्राप्त भएको छ।

युट्युबमा सार्वजनिक भएको २६ दिनमै सो गीतले दुई करोड भ्यूज पाएर रेकर्ड कायम गरेको छ।

गत १८ अगष्टमा युट्यूव मार्फत रिलिज गरिएको सो गीतले यसअघि छोटो समयमा १ करोड भ्यूजको रेकर्ड समेत राखेको थियो। १३ दिनमै १ करोड पुगेको भ्यूज थप १७ दिनमा दोब्बर भएको छ।

यो गीत पछिल्लो समय टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा चर्चित छ।

‘चरी जेलैमा’ लाई विष्णुका श्रीमान सुन्दरमणि अधिकारीले लेखेका र संगीतवद्ध गरेका हुन्।

गीत हिट भएसँगै विष्णुमाझीको सार्वजनिक जीवनबारे पनि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्