अमेरिकाको गम्भिर आरोपः पाकिस्तानले तालिबानलाई शरण दियो

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ११ : ३५


पाकिस्तानले आगामीहप्ता पाकिस्तानसँगको आफ्नो सम्बन्ध समीक्षा गर्ने जानकारी दिएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले पाकिस्तानसँगको सम्बन्ध समीक्षा गर्ने र अमेरिकाले अफगानिस्तानमा कस्तो भूमिका निर्वाह गर्नसक्छ भन्नेमा पनि विचार गरिरहेको बताए।

उनले पहिलोपटक अमेरिकी संसदमा अफगानिस्तानबाट अमेरिकी सेना फर्काउने निर्णयको बचाउ गर्दै लामो समयसम्म अमेरिकी सेना त्यहाँ रहेपनि अवस्था परिवर्तन नुहने उल्लेख गरे।

सो क्रममा ब्लिंकेनले पाकिस्तानमाथि तालिबानलाई शरण दिएको जस्तो गम्भिर आरोप पनि लगाए।

समाचार संस्था रोयटर्सका अनुसार ब्लिन्केनले पाकिस्तानको आफ्नै चासो भएको बताए। पाकिस्तानी चासो र अमेरिकी चासोबीच टकराब रहेको उनले उल्लेख गरे।

ब्लिंकेनले भनेका छन्,‘अफगानिस्तानको भविष्यलाई लिएर पाकिस्तानले हामीविरुद्ध घेराबन्दी निर्माण गर्न निरन्तर रुपमा लागेको छ। अर्को उ तालिबानको सदस्यहरुलाई आश्रय दिन संलग्न छ। उ त्यहीँ हो जो आतंकवादविरुद्धको अभियानमा हामीसँग हातेमालो गरिरहेका थियो।’ बीबीसी


प्रतिक्रिया दिनुहोस्