गैंडाकोट दुर्घटनाका २० घाइतेको अवस्था कस्तो छ ? (विस्तृत विवरणसहित)

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १० : २३


चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका–१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी घाइते २० जनाको चितवनमा उपचार भइरहेको छ ।

प्राप्त विवरण अनुसार तीन जनाको पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२–००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस १० फिट तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा घाइतेको अवस्था कस्तो छ ? हेर्नुहोस् विवरण

१.झापा बाहुनडागीका १६ वर्षीय पारस ढकाल-हात र खुट्टामा चोट, सामान्य ।

२.मोरङ विराटनगर महानगरपालिका-३ का २१ वर्षाया पूजा रेग्मी-हात र खुट्टामा चोट (डिष्चार्ज)

३.विराटनगर महानगरपालिका-३ का २१ वर्षीय सरोज पोखरेल- हात र खुट्टामा चोट (डिष्चार्ज)

४.कैलालीकी १६ वर्षीया रोशनी अधिकारी-शरीरमा चोट, सामान्य

५.कन्चनपुर भीमदत्त नगरपालिका-१ बस्ने वर्ष ४९ को मोहन कोइराला- पेटमा चोट, सामान्य

६.जुम्लाको तिला गाउँपालिका-४ का २६ वर्षीय चन्द्रनाथ योगी-हात र खुट्टामा चोट, सामान्य

७.जुम्लाको तिला गाउँपालिका-४ का ३३ वर्षीय टोपबहादुर शाही-टाउको, मुख र छातीमा चोट, अवस्था गम्भिर

८.बस चालक कन्चनपुरको भीमदत्त नगरपालिका-४ का ४२ वर्षीय लालवीर लोहार-छातीमा भित्री चोट, अवस्था मध्यम

९.रुपन्देहीका २८ वर्षीय सुरज अधिकारी-टाउको र कानमा चोट, अवस्था मध्यम

१०.बर्दिया बाँसगढी नगरपालिका-८ का ८२ वर्षीय डिल्लीराम सुवेदी- छातीमा भित्री चोट, अवस्था गम्भिर

११.झापाका ३६ वर्षीय मनकुमार श्रेष्ठ- हात र खुट्टामा चोट, अवस्था मध्यम

१२.कन्चनपुरको झलारीका २६ वर्षीया उर्मिला तिरुवा- पेटमा रगत जमेको, अवस्था मध्यम

१३.ट्रक चालक प्युठानका २७ वर्षीय अमृतसिंह विष्ट- टाउकोमा चोट, अवस्था मध्यम

१४.सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ का ४० वर्षीय रामबहादुर थापा- हात र खुट्टामा चोट, सामान्य

१५ हुप्सेकोट-३ नवलपुरका २६ वर्षीया सबिना लिम्बु- खुट्टामा चोट, सामान्य

१६.हुप्सेकोट-३ नवलपुरका २ वर्षीय बालक जोशन सारु मगर- टाउकोमा चोट, सामान्य

१७.पुरानो बेलहानी नवलपुरका १८ वर्षीया गंगा ओली- छाती र पेटमा चोट, सामान्य

१८.कन्चनपुरका ३२ वर्षीय चित्रदेव लेखक, टाउकोमा चोट- अवस्था गम्भीर

१९.सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ का ४२ वर्षीय मनकुमार थापा- ढाड र छातीमा चोट, मध्यम

२०.महोत्तरी बर्दिवास–७ का २३ वर्षीय रमेश यादव- हात र खुट्टामा चोट, मध्यम ।


प्रतिक्रिया दिनुहोस्