गैंडाकोटमा बस र ट्रक ठोक्किए, तीन जनाको मृत्यु

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ८ : ३५


काठमाडौं । नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट–१० स्मृतिपुल नजिकै सु.प्र.०२–००१ ख ११२३ नम्बर बस र ना६ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । बस काकँडभित्ताबाट महेन्द्रनगरतर्फ जाँदै थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीका अनुसार दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको छ । मृतकको परिचय खुल्न सकेको छैन । दुर्घटनामा बस र ट्रकका चालकसहित २४ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्