बिष्णु माझीको अवस्था बुझ्न माइतिघर पुग्यो प्रहरी

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ९ : ५४


काठमाडौं । चर्चित लोकदोहारी गायिका बिष्णु माझीबारे राष्ट्यि मानव अधिकार आयोगले चासो राखेपछि प्रहरी स्याङ्जास्थित उनको माइतिघर पुगेको छ।

बिष्णु माझीले गाएको पछिल्लो गीत ‘चरी जेलैमा’ पछिल्लो समय सुपरहिट भएको छ।

गीत हिट भएसँगै माझीबारे सामाजिक सञ्जालमा पछिल्लो समय विभिन्न चर्चा(परिचर्चा हुने गरेको छ।

माधव अधिकार आयोगका अधिकारीहरुले आइतबार माझीको माइती जिल्ला स्याङ्जास्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयहरुलाई टेलिफोन गरी उनको अवस्था बुझ्न मौखिक सोधपुछ गरेका हुन।

प्रहरीका अनुसार उनको गाँउमा पुग्दा कुनै जानकारी फेला पर्न सकेन। एक प्रहरी अधिकारी भन्छन्,हाँका बुबाआमा बितिसक्नुभएको रैछ। अरु कुरा थाहा हुन सकेन।

स्वयम् पीडितले उजुरी नगरेसम्म अनुसन्धान र कार्वाहीको प्रक्रिया अघि बढाउन नमिल्ने प्रहरीको भनाई छ।


प्रतिक्रिया दिनुहोस्