प्रधानमन्त्री देउवा र नेता खनालबीच डल्लुमा भेटवार्ता

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ८ : ४७


काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।

खनाल निवास डल्लुमा उनीहरूबीच पौने घण्टा छलफल भएको खनालका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

उनीहरूबीच देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

भारतबाट मिर्गौला प्रत्यारोपण गराएर आउनुभएका पूर्वप्रधानमन्त्री खनाल हाल घरमा आराम भएको छ।

प्रधानमन्त्री देउवा यसअघि नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खनाल निवास डल्लु पुगेका थिए। रासस


प्रतिक्रिया दिनुहोस्