इन्चार्जको जिम्मेवारी नपाएपछि रावलले भने: सहमति कार्यान्वनय नहुने हो भने सोच्नुपर्छ

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ८ : २८


काठमाडौं । माधव नेपाल समूहबाट केपी ओली नेतृत्वको नेकपा एमालेमै फर्केका उपाध्यक्ष भीम रावललाई सुदुरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिन अध्यक्ष ओलीले अस्वीकार गरेका छन।

रावल माधव नेपाल तर्फ लागेपछि ओलीले माओवादी केन्द्र छाडेर आएका लेखराज भट्टलाई हाल इन्चार्ज बनाएका छन। एमालेमै फर्केपछि रावलले सहमति अनुसार आफूले सो जिम्मेवारी पाउनुपर्ने बताएको बताइन्छ।

तर, ओलीले रावललाई उपाध्यक्षकै रुपमा रहन आग्रह गरेपछि रावल असन्तुष्ट बनेका हुन।

उनले अध्यक्ष ओलीले गरेको व्यवहारबारे निकटहरुसँग छलफल समेत गरेका छन।

आफूनिकट नेताहरुसँगको कुराकानीमा नेता रावलले दश बुँदे कार्यान्वयन नहुने हो भने आफूहरुले विकल्पबारे सोच्नुपर्ने बताएको एक नेताले बताए।

दश बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ मा फर्काउन अध्यक्ष ओली तयार नभएको अवस्थामा फरक ढंगले सोच्ने अवस्था आउने उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस्