तालिबानले नयाँ प्रधानमन्त्री अखुन्दको ताजा तस्बिर सार्वजनिक गर्‍यो

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ६ : ३४


तालिबानले सोमबार अफगानिस्तानको अन्तरिम प्रधानमन्त्री मुल्ला हसन अखुन्दको ताजा तस्बिर ट्विटरमा सार्वजनिक गरेको छ।

तालिबानका प्रवक्ता मोहम्मद नईमले अखुन्दको नयाँ तस्बिर सार्वजनिक गरेका हुन्। यसअघि उनको जवानीको तस्बिर मात्र सार्वजनिक भएका थिए।

अखुन्दको नयाँ तस्बिर सार्वजनिक गर्दै नईमले भनेका छन्,‘राष्ट्रपति भवनमा इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका प्रधानमन्त्री मुल्ला हसन अखुन्द।’

सन् १९९९ मा अखुन्द अफगानिस्तानको विदेशमन्त्रीको रुपमा पाकिस्तान भ्रमणमा गएका थिए। उनले त्यसबेला तत्कालिन प्रधानमन्त्री नवाज सरिफसँग भेटघाट गरेका थिए।


प्रतिक्रिया दिनुहोस्