५८ वर्षे महान बक्सर होलिफिल्ड हारे बेलफोर्टसँग, टाइसनसँग भिड्ने इच्छा

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : ३६


बक्सिङ खेलका महान खेलाडी अमेरिकी इभान्डर होलिफिल्ड एमएमए स्टार भिटोर बेलफोर्टसँग शनिबार भएको बक्सिङ प्रतिस्पर्धामा पराजित भएका छन्।

५८ वर्षको उमेरमा होलिफिल्डले ब्राजिलका ४४ वर्षका बेलफोर्टसँग भिडेका थिए। यो खेलमा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उपस्थित थिए। फ्लोरिडामा सम्पन्न खेलमा पहिलो राउन्डमै होलिफिल्ड पराजित भएका हुन्।

बेलफोर्टको मुक्काले होलिफिल्ड अनियन्त्रित हुँदा रेफ्रीले खेल रोकेका थिए। तर होलिफिल्डले आफूलाई केही नभएको चाँडै खेल रोकिँदा दुःख लागेको बताए।

Holyfield vs. Belfort fight results: Ex-MMA star knocks out Evander Holyfield, while Anderson Silva shines - CBSSports.com

आफ्नो समयमा होलिफिल्ड निकै शक्तिशाली खेलाडी थिए। खेलबाट लामो समयअघि सन्यास लिएका उनले चर्चित बक्सर माइक टाइसनलाई दुई पटक नै हराएका थिए। आफूलाई तेस्रोपटक पनि टाइसनसँग खेल्ने इच्छा भएको होलिफिल्डको भनाइ छ।

टाइसन पनि यसअघि बक्सिङबाट सन्यास लिएको धेरै वर्षपछि खेलमा फर्किएका थिए। उनी र अर्का बक्सर रोय जोन्स जुनियर बिचको खेल बराबरीमा सकिएको थियो।

टाइसन र होलिफिल्डको पछिल्लो प्रदर्शनलाई हेर्दा होलिफिल्ड भन्दा टाइसन धेरै फुर्तिला देखिन्छन्। टाइसन अहिले ५५ वर्षको भए।

Evander Holyfield plans a 'don't hit me hard' bout with Mike Tyson - Neptune Prime


प्रतिक्रिया दिनुहोस्