सरकारले जेलमा रहेका साथीहरु नछाडे संघर्ष मै जान्छौं : विप्लव

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : १७


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले ३ बुँदे सहमति कार्यान्वयन नगरे संघर्षमा जाने बताएका छन।

सोमबार काठमाडौंमा आयोजित विरोधसभामा बोल्दै विप्लवले जेलका नेता कार्यकर्ताको मुद्दा खारेज नगरे संघर्षमै उत्रिने स्पष्ट पारे।

विप्लवले भने, ‘हाम्रा साथीहरू जेलमा हुनुहुन्छ, छुटेर आउनुहुन्छ। हाम्रो मुद्दाहरू खारेज हुनेछन् भएनन् भने संघर्षको मैदानबाट जसरी भए पनि गरिनेछ। हामी संघर्षको मैदान छाड्नेवाला छैनौँ।’

आफूहरुसँग गरिएको सहमति लागू नगरिएको प्रति विप्लवको असन्तुष्टि थियो।

उनले भने, ‘सरकारसँग ३ बुँदे सहमति गरेर हामीले उक्त सहमति इमानदारीपूर्व पालना गर्योँ तर राज्यले उक्त सहमति इमानदारीपूर्वक पालना गरेको छैन। अहिलेसम्म हाम्रा साथीहरूका मुद्दाहरू खारेज गरिएको छैन। देशको भविष्य आँखामा सजाएर हिँडेका नेता–कार्यकर्ता र युवाहरूलाई सरकारले दमन गरेको छ। हाम्रो देशका नागरिकलाई जिउँदै महाकाली नदीमा बगाउने शासकहरूका विरुद्ध आन्दोलन गर्दा सरकारले हामीलाई जेलमा लगेर सडाउँछ भने हामी एउटा ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछौँ।’


प्रतिक्रिया दिनुहोस्