एमसीसीवादीहरु देशद्रोही हुन् : सुरेन्द्र भण्डारी

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ३ : १८


काठमाडौँ । वरिष्ठ अभिवक्ता एवं हाम्रो नेपाल हामी नेपाली अधियानका संयोजक डासुरेन्द्र भण्डारीले एमसीसीवादीहरू देशद्रोही भएको बताएका छन्।

विप्लव नेकपाले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले जनताको रगत पसीना चुसेर सत्तामा बसेकाहरूलाई तह लगाउने क्रान्तिकारी शक्तिको आवश्यकता भएको बताए।

उनले भने-‘यो देशका शासकहरूलाई जनताको बलले घुडा टेक्न बाध्य बनाउनु पर्दछ। एमसीसीलाई देशबाट लखेट्नको लागि संयुक्त आन्दोलन अघि बढाउनु पर्छ।’

सबैजनता एकजुट भएर आन्दोलित भएको खण्डमा यो पराजीत हुने उनको भनाई छ।

उनले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई देश एकीकृत गर्ने जिम्मेवारी पूरा गर्ने कार्यमा सफलता मिलोस् भन्दै पृथ्वीनारायण शाहको तस्वीर उपहार प्रदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस्