इजरायल र प्यालेस्टाइनबीच फेरि चर्कियो द्वन्द्व, ३ दिनयता लगातार क्षेप्यास्त्र हानाहान

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १ : ५९


इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व फेरि चर्किएको छ। त्यहाँ ३ दिनयता लगातार एकअर्काविरुद्ध क्षेप्यास्त्र हानाहान चलिरहेको बीबीसीले जनाएको छ।

प्यालेस्टाइनको इजरायलविरोधी समूह हमासले गाजा क्षेत्रबाट इजरायल तिर क्षेप्यास्त्र हानेपछि सोमबार बिहानै इजरायली विमानले पनि गाजा क्षेत्रका केही हिस्सामा आक्रमण गरेको बताइएको छ।

यी दुई देशबीच लगातार तेस्रो रात आक्रमण भएको हो। गतहप्ता इजरायलको जेलबाट प्यालेस्टाइनका कैदी भागेपछि तनाव बढेको हो। यसअघि यसैवर्षको मे महिनामा इजरायल र प्यालेस्टाइनबीच ११ दिनसम्म युद्ध चलेको थियो।

त्यसबेला पनि ठूलो जनधनको क्षति भएको थियो। त्यसबेला इजरायलतर्फ १२ र गाजा क्षेत्रका २५६ जनाको मृत्यु भएको थियो। हमासको क्षेप्यास्त्रलाई रोक्नसक्ने इजरायलसँग ‘आईरोन डोम’ नामक क्षेप्यास्त्र प्रतिरोधी प्रणाली भएका कारण इजरायलमा धेरै क्षति नभएको बताइन्छ।

ग़ज़ाग़ज़ासो समयमा इजिप्टको मध्यस्थतामा युद्धविराम भएको थियो। तर यतिबेला पुनः द्वन्द्व सुरुवात भएको छ।

आइतबार राति र सोमबार बिहान गरी गाजा क्षेत्रबाट इजरायलतर्फ ३ क्षेप्यास्त्र आएको इजरायलका सेनाको भनाइ छ। यीमध्ये २ क्षेप्यास्त्र आफ्नो क्षेप्यास्त्रविरुद्धको प्रणालीले असफल बनाएको इजरायलको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस्