एमसीसी विरुद्ध विप्लव समूहको शक्ति प्रदर्शन (फोटोफिचर)

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १ : ४८


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अमेरिकी परियोजना एमसीसीविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ।

राजधानीका त्रिपुरेश्वर, लैनचौर र बबरमहल तीन स्थानबाट निस्किएको जुलुस सुन्धारामा एकत्रित भएर खुलामञ्च प्रवेश गरिसकेको छ।

कार्यक्रम औपचारिक रुपमा सुरु भइसकेको छ। सभामा सम्बोधनका लागि विभिन्न राजनीतिक पार्टीका नेताहरूसमेत खुलामञ्चमा उपस्थित छन।

सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो।

उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन्।




प्रतिक्रिया दिनुहोस्