तालिबानको कब्जापछि पहिलोपटक व्यावसायिक उडानमार्फत् काबुल पुग्यो विमान

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १ : २८


अफगानिस्तान तालिबानको हातमा गएपछि राजधानी काबुलमा पहिलोपटक व्यावसायिक उडान संचालनमा आएको छ। व्यावसायिक उडानमार्फत् आज पाकिस्तानको विमान काबुल पुगेको एएफपीले जनाएको छ।

खबरअनुसार पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमानमा केही यात्रुहरु इस्लामावादबाट काबुल पुगेका हुन्।

एएफपीका अनुसार यो विमानमा कम्तिमा १० यात्रु सवार थिए। अल्जाजिराले पनि १० यात्रु सवार विमान काबुल अवतरण गरेको जनाएको छ।

अफगानिस्तानका लागि कतारका विशेष दूतका अनुसार यो विमान उद्धार प्रयोजनको लागि नभएर व्यावसायिक उडान हो।


प्रतिक्रिया दिनुहोस्