बाघ पनि डराउने जीव हाइनाले मानिसलाई आक्रमण गरेपछि…(भिडिओ)

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १ : १०


हाइना त्यस्तो जंगली जीव हो जोसँग जंगलको राजा सिंह, बाघदेखि शक्तिशाली हिंस्रक जनावर पनि डराउँछन्। कारण हाइना समूहमा बस्छ र यसले सिंह अथवा बाघले मारेको सिकार पनि खोस्ने क्षमता राख्दछ।

भारतमा यही जीव हाइनाले दुई व्यक्तिलाई आक्रमण गरेको छ। लाइभ हिन्दुस्तानका अनुसार एक घटनाको भने भिडिओ सार्वजनिक भएको छ। समूहमा भएको भए उक्त हाइनाको आक्रमणबाट महाराष्ट्र पुणेका ती व्यक्तिको मृत्यु हुनसक्ने थियो।

(भिडिओ)

तर हाइना एक्लै हुन्छ र आक्रमण गरेको समयमा अर्का एक व्यक्तिले लाठी प्रहार गरेपछि त्यो हाइना भाग्छ। महाराष्ट्रको वन विभागकाका अनुसार वाल्ड फोटोग्राफरले त्यो बाटो नहिँड्न भन्दा पनि ती व्यक्ति सो बाटो हिँडेका थिए।

जस कारण झन्डैले ठूलो दुर्घटना निम्तियो।

Lion Pride Comes to Aid of Lioness Being Attacked by Hyenas [VIDEO]


प्रतिक्रिया दिनुहोस्