सभामुखले आव्हान गरेको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली नजाने

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ११ : ३२


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सभामुखले बोलाएको सर्वदलीय बैठकमा नजाने भएका छन् ।

नेकपा एमालेले बारम्बार संसद अवरुद्ध गरेपछि सभामुखले आइतबार सर्वदलीय बैठक आव्हान गरेका थिए । आज साढे २ बजे संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । बैठकमा एमालेले प्रतिनिधि पठाउने छ ।


प्रतिक्रिया दिनुहोस्