विश्व नं एक जोकोभिचलाई हराउँदै रुसका मेदभेदेव बने यूएस ओपन विजेता

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १० : ५६


अमेरिकामा सम्पन्न यूएस ओपनको फाइनलमा विश्व नं एक सर्बियाका नोभाक जोकोविच रुसका दनिल मेदभेदेवसँग पराजित भएका छन्।

२१ औं ग्रान्ड स्लाम जितेर ग्रान्ड स्लाम क्यालेन्डर इयरको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिएको जोकोभिचलाई मेदभेदेवले ६–४, ६–४ र ६–४ को सोझो सेटमा पराजित गरेका हुन्।

यो फाइनल पनि जितेको भए जोकोभिच सन् १९६९ पछि ग्रान्ड स्लाम क्यालेन्डर इयरको उपाधि जित्ने पहिलो खेलाडी हुने थिए। त्यसपछि उनको नाम पनि रोजर फेडेरर र राफेल नाडालकै उचाईमा पुग्ने थियो जसले करियर ग्रान्ड स्लाम टाइटल जितिसकेका छन्।

तर उनको सपना मेदभेदेवले चक्नाचुर बनाइदिएका हुन्। खेलपछि जोकोभिच आफ्नो लागि महान खेलाडी भएको उनले बताएका थिए।

यसअघि सन् २०१९ मा यूएस ओपनमै मेदभेदेव रनरअपमै सिमित भएका थिए। उनले चौथो ग्रान्ड स्लाम फाइनलमा पहिलो उपाधि जित्न सकेका हुन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्