इजरायल रोजगारीको भाषा परीक्षा आज, यी हुन् परीक्षा केन्द्रहरु

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ८ : १५


काठमाडौं । केयरगिभरका रुपमा इजरायल जान आवदेन दिएका आवदेन स्वीकृत भएकाको भाषा परीक्षा आज हुने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार परिक्षा दिउसो १ बजेदेखि हुने छ ।

विभागका अनुसार गत साउन १२ गतेदेखि ३२ गतेसम्म खुला गरिएको अनलाइन आवेदनमा ९ हजार ६ सय ९९ जनाले आफ्नो नाम दर्ता गराएका थिए । मापदण्ड तथा योग्यता नपुगेका २ हजार ६ सय ९६ आवेदन रद्द भएका छन। भाषा परीक्षाको लागि ७ हजार ३ जना योग्य ठहरिएका हुन ।

इजरायलले एक हजार केगरगिभरको लानको लागि नेपाल सरकारसँग सम्झौता गरेको थियो । पहिलो चरणमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउने छन् । इजरायलमा नेपाली कामदारको तलब करिब एक लाख ८८ हजार हुनेछ ।

परीक्षाका लागि काठमाडौंका ११ वटा स्थानमा १६ वटा केन्द्रहरु तोकिएको छ । अंग्रेजी भाषाको परीक्षा ८० पूर्णाङ्कको हुनेछ भने २० पूर्णाङ्कको अन्तर्वार्ता अर्थात् मौखिक हुन्छ । पास हुनको लागि ८० पूर्णाङ्कमा ५० प्रतिशत ल्याउनु पर्छ अर्थात् ४० नम्बर ल्याउनु पर्ने हुन्छ ।

यी हुन् परीक्षा केन्द्रहरु

 


प्रतिक्रिया दिनुहोस्