बेन्जिमाको ह्याट्रिकमा रियलको शानदार जित

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ७ : ४७


काठमाडौं । ला लिगामा रियल म्याड्रिडले शानदार जित निकालेको छ । आईतबार राति भएको खेलमा करिम बेन्जिमाको ह्याट्रिकमा म्याड्रिडले घरेलु मैदानमा सेल्टा भिगोलाई ५–२ गोल अन्तरले हरायो ।

खेलमा अग्रता पाहुना टोली सेल्टा भिगोले चौथो मिनेटमा मिना लोरेन्जोको गोलमा लिएको थियो । करिम बेन्जिमाले २४ औं मिनेटमा रियललाई बराबरीमा ल्याएका थिए । फ्रेन्को सर्विकले ३१ औं मिनेटमा पुन सेल्टा लाई पुन अग्रता दिलाएका थिए ।

बेन्जिमाले दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै रियललाई पुन बराबरीमा ल्याए । भिनिसियस जुनियरले ५४ औं मिनेटमा रियललाई अग्रता दिलाउने काम गरे । उनले बेन्जिमाकै पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । एडुआर्डो कैमाविङ्गाले ७२ औं मिनेटमा रियलका लागि चौथो गोल गरे । खेल सकिन तीन मिनेट अघि बेन्जिमाले ह्याट्रिक पुरा गरेका थिए ।

जितसँगै रियल तालिकाको शीर्ष स्थानमा पुगेको छ । रियलको ४ खेलमा ३ जितसहित १० अंक रहेको छ । सेल्टा भिगो १ अंक सहित रेलिगेशन जोनमा छ ।


प्रतिक्रिया दिनुहोस्