इजरायल जान चाहने ७ हजार जनाको भाषा परीक्षा भोलि

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ९ : ०२


काठमाडौं । केयरगिभरका रुपमा इजरायल जान आवदेन दिएका आवदेन स्वीकृत भएकाको लागि भोलि भाषा परीक्षा हुने भएको छ।

वैदेशिक रोजगार विभागका अनुसार साउन १२ गतेदेखि ३२ गतेसम्म खुला गरिएको अनलाइन आवेदनमा ९ हजार ६ सय ९९ जनाले आफ्नो नाम दर्ता गराएका थिए।

मापदण्ड तथा योग्यता नपुगेका २ हजार ६ सय ९६ आवेदन रद्द भएका छन। विभागका अुनसार केयरगिभरमा जानका लागि दिनुपर्ने भाषा परीक्षा भोलि हुने छ। भाषा परीक्षाको लागि ७ हजार ३ जना योग्य ठहरिएका हुन।

इजरायलले एक हजार केगरगिभरको लानको लागि नेपाल सरकारसँग सम्झौता गरेको थियो । पहिलो चरणमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउने छनु।

इजरायलमा नेपाली कामदारको तलब करिब एक लाख ८८ हजार हुनेछ।


प्रतिक्रिया दिनुहोस्