सेयर बजारका आन्दोलनरत पक्षलाई धितोपत्र बोर्डले वार्ताका लागि बोलायो

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ८ : ३६


काठमाडौं । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका कारण सेयर बजारमा असर देखिएपछि पछिल्लो समय लगानीकर्ताहरु आन्दोलनमै उत्रिएका छन।

पुजिबजार सुधार सङ्घर्ष समितीले विगत केहि दिनदेखि विभिन्न माग राख्दै रिले अनसन सुरु गरेको छ।

वार्ताका लागि बोर्डले आफूहरुलाई सोमबार वार्ताका लागि बोलाएको लगानीकर्ता समेत रहेका दिपेन्द्र अग्रवालले बताएका छन।

पुजिबजार सुधार सङ्घर्ष समितिले राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष यसअघि विभिन्न १८ बुँदे मागसहित ज्ञापनपत्र बुझाइसकेको छ।


प्रतिक्रिया दिनुहोस्