एमसीसी पास गर्नुपर्छ, यसको पैसाले नेपालको विकासमा राम्रो सहयोग गर्छ: उदयशमशेर जबरा

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ८ : ०१


काठमाडौं । सत्ताधारी दल दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले एमसीसीलाई पास गर्नुपर्ने बताएका छन्।

उनले एमसीसी पािरत गराउन संसद्भित्र र संसद् बाहिर रहेका सबै दलबीच सहमति गराउनुपर्ने पनि बताए।

एमसीसी पास गर्दा नेपालको विकासलाई सहयोग पुग्ने उनको धारणा छ।

आएतबा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले एमसीसीलाई हेर्ने दृष्टिकोण खासमा आर्थिक, सामाजिक अथवा राजनीतिक पक्षभन्दापनि यो पोलिटिकल टुल भएको छ। एमसीसी २०१७ को सेप्टेम्बरमा सम्झौता भएको हो। यसमा सबै दलको संलग्नता छ। सम्झौतामा हस्ताक्षर भएको एक वर्षपछि यो विवाद सुरु भयो। एमसीसीको डकुमेन्ट एक वर्षपछि विवाद सुरु किन भयो? एमसीसीको विवाद सुरु हुनुअघि नेकपाभित्र विभिन्न पक्ष र विवाद सुरु भयो। एमसीसी नेकपाभित्रको विवादको शिकार भयो। अर्को कुरा, एमसीसीबारे नेताहरुले बुझाउन पनि नसकेको हो। यो कमजोरी हाम्रो पनि हो।’

उनले एमसीसी सहयोग लगभग ५० वटा देशले लिएको भन्दै तीमध्ये हाम्रो देशकोजस्तै भूगोल भएको मंगोलियाले दुई पटक सहयोग लिएको स्मरण गराए।

उनले भने,‘एमसीसीको सहयोग लिँदा चीन रिसाउँछ भन्ने मलाई लाग्दैन्। चीन रिसाउने भएको भए मंगोलियाले लिँदा पनि लिन्थ्यो होला नि। श्रीलंकाले एमसीसी फिर्ता गरेको हो। तर, एमसीसी होईन श्रीलंकामा परियोजना नै विवादमा थियो। नेपालमा प्रोजेक्ट विवादमा छैन्। यो हाम्रो आवश्यकत्ता हो।’


प्रतिक्रिया दिनुहोस्