एमसीसीबारे एमालेको अहिले कुनै धारणा छैन : राजन भट्टराई

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ७ : ०७


काठमाडौं । नेकपा एमालेका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले पार्टीले एमसीसीबारे अहिले कुनै धारणा नबनाएको बताएका छन।

आईतवार रिपोर्टर्स क्लव नेपालमा भएको कार्यक्रममा विभाग प्रमुख भट्टराईले सत्तासीन दलहरुले धारणा बनाएपछि मात्रै नेकपा एमालेको धारणा बनाउने बताएका हुन।

उनले एमसीसीबारे सरकारले के गरिरहेको छ भन्ने बारेमा नेकपा एमाले बेखबर रहेको बताए।

डा. भट्टराईले एमसीसीकी उपाध्यक्ष फातिमा सुमार अमेरिकाबाट आउनुभएको र त्यसमा सरकारको तर्फबाट के सन्देश दिइयो भन्ने बारेमा आधिकारीक रुपमा आफ्नो पार्टी बेखबर रहेको बताए।

विभाग प्रमुख डा. भट्टराईले भने, ‘एमसीसीबारे सरकारले के गर्दैछ? हाम्रो प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बेखबर छ, एमसीसीको उपाध्यक्ष अमेरिकाबाट नआउनुभएको थियो, उहाँसँग के कुरा भयो? के भन्यो ? सरकारको तर्फबाट के सन्देश दिइयो त्यो थाहा छैन, हिजो एमसीसीका बारेमा एउटा धारणा भएका दलहरु, नेताहरु अहिले सत्तासीन गठबन्धनमा छन्, उनीहरुको धारणा फेरियो वा उही छ, त्यो थाहा छैन, उनीहरुका बीचमा के छलफल भइरहेको छ, सत्तासीन पार्टीहरुका बीचमा के भइरहेको छ ? हामी औपचारिक रुपमा बेखबर छौँ, पत्रपत्रिका र मिडियामा मात्र आएका सूचनालाई आधार बनाएर हामीले धारणा बनाउँदैनौँ, हाम्रो भूमिका प्रतिपक्षको हो।’

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री उदयसमशेर जबराले एमसीसी पास गराउन संसद भित्र र बाहिर रहेका दलहरुलाई सहमतिमा ल्याएर एमसीसी पास गर्नुपर्ने बताए। पूर्वमन्त्री जबराले एमसीसी पास गर्दा नेपालको विकासलाई सहयोग पुग्ने बताए। पूर्वमन्त्री जबराले ६ वर्षमा शीर्षदलहरुका शीर्ष नेताहरु नै सरकारमा रहेको बेला कुनै विवाद नभएको तर २०१७ को सेप्टेम्बरबाट यसको विवाद भएको बताए।

उनले नेकपा एमाले भित्र नेतृत्वमा आएको विवाद पछि मात्रै एमसीसीको विवाद शुरु भएको स्मरण गराए।

पूर्वमन्त्री जबराले एमसीसीको पैसा नआएपनि नेपालको अर्थतन्त्र अघि बढिरहने तर सित्तैमा दिएकोरकम लिन्न भन्नु उचित नहुने बताए।

पूर्वमन्त्री जबराले भने, ‘अहिले एमसीसीलाई हेर्ने दृष्टिकोण खासमा आर्थिक, सामाजि र राजनीतिक पक्षभन्दा पनि यो पोलिटिकल टूल भएको छ, एमसीसी २०१७ को सेप्टेम्बरमा सम्झौता भएको हो, यसमा सबै दलको संलग्नता छ, सम्झौतामा हस्ताक्षर भएको एक वर्षपछि यसको विवाद शुरु भयो, एमसीसीको डकुमेण्ट एक वर्षपछि विवाद किन शुरु भयो भन्दा नेकपा एमालेको नेतृत्वको विवाद शुरु भएपछि हो, एमसीसी नेकपाको विवादको एउटा शिकार भयो, एमसीसी पास गर्दा देशलाई फाइदा नै हुन्छ, यो ग्रान्ट हो कि लोन? एमसीसी ग्रान्ट हो, यो सडक र प्रशारण लाइनमा पर्छ, यसले नेपाललाई फाइनै गराउँछ।’

पूर्वाधारविद् डा. सूर्यराज आचार्यले दुवै ठूला राजनीतिक दलहरुले एमसीसीको उत्थान, सम्झौता, सही गर्दा दुवै पार्टीले सोच विचार रअध्ययन नगरी लापरवाही गरेको बताए। उनले एमसीसी जस्ताको तस्तै पास गर्नुनहुने उल्लेख गरे।

पूर्वाधारविद् डा.आचार्यले भने,‘एमसीसी अहिले जस्तो छ त्यस्तै रुपमा पास गर्नुहुँदैन भन्ने मेरो कुरा हो, यो म कुनै नेताको विचार सुनेर, एजेण्डा हरेर भनेको होइन, मसँग वस्तुगत आधार छन्, दर्जनौँ डकुमेण्टहरु छन्, त्यसको सूचनाहरु छन्, जुन कुरा नेताहरु जनतासामु चुहाउन चाहँदैनन्, अड्कलि अड्कलि सूचना दिन्छन्, देशलाई नेपालका दुई ठूला राजनीतिक दलहरुले ठूलो अन्याय गरेका छन्, एउटा एमसीसीको उत्थान जसरी गरियो, गर्न प्रेरित गरियो र अर्को सहस् गर्न र गराउने वातावरण मिलाइयो, त्यसमा लापरवाही भएको छ, सम्झौता वार्तामा पनि लापरवाही भएको छ।’

पूर्वाधारविद् डा.आचार्यले एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेपाल आएर शीर्ष नेताहरुलाई भेट्दा नेताहरुले आफ्नो देशको आन्तरिक राजनीतिका पाटोहरुलाई खुलाउनु नहुने बताए।

उनले अमेरिका जस्तो शक्तिशाली देशले सहयोग गर्ने कुरा बिना कुनै स्वार्थ हुन नसक्ने पनि बताए।


प्रतिक्रिया दिनुहोस्