निशानको नयाँ विद्युतीय गाडी ‘निसान लिफ’का लागि टेस्ट ड्राइभ सप्ताह सुरु

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ६ : ०५


काठमाडौं । कार उत्पादक कम्पनी निसानले जापानमा उत्पादन गरेको विद्युतीय कार ’निसान लिफ’ काठमाडौँमा टेस्ट ड्राइभको लागि उपलब्ध भएको छ।

नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता ’पायोनीयर मोटो कर्प’ ले निसान लिफको टेस्ट ड्राइभको लागि ’निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ संचालन गर्न लागेको जानकारी दिएको छ।

यस सप्ताहमा इच्छुक ग्राहकले टेस्ट ड्राइभ गरि विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मुल्यांकन सुविधा तथा वित्तपोषण सुविधा पनि पाउने व्यवस्था मिलाएको कम्पनीले जानकारी दिएको छ।

यो टेस्ट ड्राइभ सप्ताह यहि भाद्र २८ गते देखि असोज ४ गते सम्म निसान कम्पनीको काठमाडौँमा रहेको (थापाथली तथा उत्तर ढोका) शोरूममा बिहान १० बजे देखि सुरु हुनेछ।

निसानले नेपालमा वातावरण मैत्री यो सवारी साधन नेपाल प्रबेश गराउनुलाई ग्राहकबर्गहरुले एउटा सराहनीय कदमको रुपमा लिएको कम्पनीको दाबी छ।

नेपाल भित्रिनु पहिले नै यो गाडीको विश्वभर १० बर्षभन्दा बढी परीक्षण भैसकेको छ।

यस अवधिमा विश्वभर ५ लाख भन्दा बढी निसान लिफ बिक्रि भैसकेको छ भने ‘निसान लिफ’ले विश्वभर १२ अर्ब किलोमीटरको यात्रा तय गरिसकेको छ।

निसान लिफ नेपालमा ११ आकर्षक रंगहरुमा उपलब्ध छ। यस गाडीको ४ ड्राइभिङ्ग मोड तथा विश्वस्तरिय सुरक्षा मापदण्डहरु (ए.बी.यस , इ.बी.डी तथा बी.ए) ले गर्दा विभिन्न प्रकारका सडकहरुमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको तथा यो सुरक्षा मापदण्डले विश्वव्यापी रुपमा निसान लिफमा मृत्यु हुनेको संख्या शून्य रहेको कम्पनीले जानकारी दिएको छ।

यस गाडीको ब्याट्रीमा कम्पनीले ८ बर्षको वारेण्टी प्रदान गरिरहेको छ जुन कुनै पनि अरु गैर बिधुतिय गाडीको तुलनामा ग्राहकहरुलाई धेरै किफायती साबित हुनेछ।

निसान लिफ ४० किलोवाट हावर ब्याट्रीको साथमा उपलब्ध छ जसले ३११ कि मि सम्मको दुरी तय गर्न सक्छ।

एसको इलेक्ट्रिक मोटरले १५० पी एस र ३२० एन एम टोर्क प्रधान गर्दछ। त्यस्तै गरि निसान लिफ ०देखि १०० कि.मि/घण्टा ७.५ सेकेन्ड मा जान सक्छ र एसको अधिकतम गति १४० कि.मि/घण्टा छ।

नेपालमा एउटा अत्याधुनिक तथा वातावरण मैत्री सवारी साधन चलाउन इच्छुक ग्राहकको लागि कम्पनीले निसान लिफ रु ५९.९९ लाखमा उपलब्ध गराइरहेको छ।


प्रतिक्रिया दिनुहोस्