सम्पत्ति विवरणबारे प्रश्न गर्दा मन्त्री मनाङे भन्छन्, ‘अब केटाहरुलाई माग्नुपर्ने भो’

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ४ : ३५


काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ)ले सम्पत्ति विवरणबारे जानकारी दिन आनाकानी गरेका छन।

मन्त्रालयको कार्यभार सम्हालेको दुई महिनापछि जानकारी गराउने क्रममा आइतबार उनले सञ्चारकर्मीलाई सम्पत्तिबारे भन्न नमिल्ने बताएका छन।

आफूसँग के के सम्पत्ति छ भन्ने कुरामा आफैँ कन्फ्युज रहेको उनले बताए। उनले भने ‘मसँग सम्पत्ति छ, छैन भन्न त मिल्दैन।’

उनले अन्य व्यक्तिहरुसँग आफ्नो पैसा रहेको पनि बताए। ‘पहिला बिजनेस गर्दा केटाहरूलाई लगानी गर्दिन्थेँ । धेरै यस्तो पैसा छ मसँग जुन आएको छैन। आउनेवाला छ भनेर लेख्न पनि गाह्रो,’ उनले भने, ‘रामेले दुई लाख, श्यामेले तीन लाख लगेको छ भनेर कसरी लेख्ने?’

अरूलाई दिएको पैसा नआएकाले विवरण बुझाउन ढिलाइ भएको उनको भनाई थियो।


प्रतिक्रिया दिनुहोस्