तीज कार्यक्रममा झडप, ७ जना घाइते

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : ५७


काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ को भेटघाट शिविरमा झडप हुँदा ७ जना घाइते भएका छन्।

शनिबार राति ८ बजेको कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा तीज कार्यक्रममा झडप भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरीको भनाई छ।

टाउकोमा चोट लागेका अन्यलाई उपचारका लागि धनगढी ल्याइएको छ।

तीज कार्यक्रम हेर्ने क्रममा मादक पदार्थ सेवन गरेर दुई समूहबीच झडप भएको प्रहरीको भनाई छ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्