सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई कारवाही नगर्न सर्वोच्चको आदेश

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : १४


काठमाडौं । सर्वोच्च अदालले नेकपा एमालेका सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई तत्काल कुनै कारवाही नगर्न आदेश दिएको छ।

माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेका पाण्डे र भट्टको सनाखत गरेको थिएन।

आयोगले आफूहरुको हस्ताक्षर सनाखत नगरेको भन्दै सांसदद्धय पाण्डे र भट्ट अदालत गएका थिए।

आज न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गतेसम्म सांसदद्धयमाथि कुनै कारबाही नगर्न आदेश दिएको हो। अदालतले दुवै पक्षलाई छलफलका लागि भदौ २९ गतेको लागि बोलाएको हो।


प्रतिक्रिया दिनुहोस्