सेयर बजार ७१ अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : ०८


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा परिसुचक आज ७१ अंकले बढेको छ।

साताको पहिलो दिन नेप्से आज ७१४३ अंकले बढेर २९४७ को बिन्दुमा बजार बन्द भएको छ। आज समग्र नेप्से २४८ अंकले बढेको छ।

विगत केहि दिनका कारोबार भन्दा आज भोल्यम पनि बढेको छ। आज हाइड्रो, विकास बैठक र म्यानुफ्यक्चरिंग क्षेत्रका कम्पनीहरुको मूल्य धेरै बढेको छ।

कारोबारका हिसाबले आज अरुण हाइड्रो पावरको सेयर किनबेच भएको छ।

यस दिन १ दर्जन बढी कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ। राष्ट्रिय बीमा कम्पनी, अरुण काबेली पावर, लिबर्टी इनर्जी, नेसनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी (संस्थापक), छ्याङ्दी हाइड्रोपावर, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, पाँचथर पावर कम्पनी, सानिमा लाइफ इनस्योरेन्स, अपि पावरको मूल्य ठीक १० प्रतिशतले बढ्यो।

हिमालयन पावर पार्टनर, सिनर्जी पावर, ङादी ग्रुप, शिवश्री हाइड्रोपावरको मूल्य पनि साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। यस दिन रैराङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै २.२ प्रतिशत मूल्य गुमाए।

यी हुन धेरै कमाउने कम्पनीहरु

 


प्रतिक्रिया दिनुहोस्