सांसदहरुलाई ओलीको निर्देशन: ‘अवरोध जारी राख्नु, माइकले कसैलाई नहान्नु’

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १ : २९


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज पनि अवरोध जारी राख्न सांसदहरुलाई निर्देशन दिएका छन।

एमालेको संसदीय दलका नेता समेत रहेका अध्यक्ष ओलीले प्रतिनिधिसभा बैठक सुरु हुन अघि बसेको संसदीय दलको बैठकमा नाराबाजी गर्नुको विकल्प नरहेको बताएका छन।

सभामुखको खरो आलोचनामा उत्रेका ओलीले सांसदहरुलाई माइकले भने कसैलाई नहान्न समेत निर्देशन दिएका छन।

यसअघिको बैठकमा एमाले सांसद रेखा झाले गृहमन्त्री बालकृष्ण खाँडको माइक खोसेर सभामुखलाई हान्ने प्रयास गरेकी थिइन्।

अध्यक्ष ओलीले व्यक्तिगत आक्रमणमा नउत्रन र सभ्य हुन सांसदहरुलाई निर्देशन दिए।

यसअघिको प्रतिनिधिसभा बैठकमा सांसदहरु बुइँ चढेर रोष्टम उक्लने प्रयास पनि गरेका थिए। अध्यक्ष ओलीले त्यसो नगर्न पनि आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्।

एग्रेसिभ भएर सभामुख र सत्तापक्ष आउँदा आउँदा चर्को आवाजमा नारा लगाउनु पर्ने र वेलमा जानेभन्दा बाहिर अरु केहि गर्न नहुने अध्यक्ष ओलीको भनाई छ।


प्रतिक्रिया दिनुहोस्